सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पीओसीओ सर्भिस सेन्टर सञ्चालनमा
ajakoartha.com · Tue May 26 10:28:00 GMT 2026

काठमाडौं- टेलिटक प्रा.लि. रमेश कर्पोरेशन अन्तर्गतको कम्पनीले सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पीओसीओ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। उक्त सर्भिस सेन्टरमार्फत पीओसीओ ब्रान्डका स्मार्टफोन तथा सम्बन्धित डिभाइसहरूको आधिकारिक बिक्रीपछिको सेवा तथा प्राविधिक सहयोग उपलब्ध गराइने जनाइएकाे छ।
सानेपाको सहज पहुँचयुक्त स्थानमा स्थापना गरिएको यस अत्याधुनिक सर्भिस सेन्टरले ग्राहकहरूलाई द्रुत, भरपर्दो र ग्राहक-मैत्री सेवा प्रदान गर्ने लक्ष्य राखेको कम्पनीकाे भनाइ छ। सेन्टरमा दक्ष प्राविधिक टोली, आधुनिक डाइग्नोस्टिक सुविधा तथा गुणस्तरीय स्पेयर पार्ट्सको व्यवस्था गरिएको छ, जसले ग्राहकलाई उच्चस्तरीय सेवा अनुभव प्रदान गर्ने जनाइएकाे छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)