बकैयाले तोक्यो मकैको समर्थन मूल्य
gorkhapatraonline.com · Fri Jun 19 06:01:23 GMT 2026

मकवानपुरको बकैया गाउँपालिकाको कार्यालयले मकैको समर्थन मूल्य तोकेको छ । बकैया गाउँपालिका भित्रका किसानले उत्पादन गरेको मकै बकैया औद्योगिक ग्रामले खरिद गर्नेगरी न्यूनतम समर्थन मूल्य गाउँपालिको कार्यपालिकाको बैठकले निर्णय गरेर तोकेको हो ।
गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले किसानले मकै खेतीमा भएको लागतको अनुपातमा मूल्य नपाएपछि न्यूनतम समर्थन मूल्य ताकेको जानकाररी दिनुभयो । उहाँले भन्नुभयो, ‘किसानले मकै खेतीमा गरेको लगानीको अनुपातमा उत्पादित मकै बिक्री गर्दा न्यून मूल्य प्राप्त गरिरहेको अवस्थामा गाउँपालिकाका किसानको आर्थिक हित अभिवृद्धिको लागि कार्यपालिकाको बैठकबाट निर्णय गरिएको हो ।’
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)