बागलुङको दुर्गम फोर्सागाउँमा पुग्यो सडक
barnanmedia.com · Fri Jun 19 05:52:57 GMT 2026

बागलुङको दुर्गम मानिने फोर्सा गाउँमा मोटरेबल सडक पुगेको छ । बडिगाड गाउँपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा रु तीन करोडभन्दा बढी खर्चेर पुरानो गाउँदेखि फोर्सा गाउँमा सवारी गुड्न मिल्ने गरी पहिलो पटक सडकको पहुँच पुगेको हो ।
फोर्सामा करिब २०० घरधुरी छन् । बडिगाड गाउँपालिका–८ फोर्सा स्थित पुरानोगाउँ–फोर्सा भेडिखोरलाई सडकको पहुँचमा ल्याइएको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो । “फोर्स गाउँमा पहिलोपटक मोटर लगेर सडकको उद्घाटन गरिएको छ, सडकले ग्रामीण जीवनलाई विकाससँग जोडेको छ”, अधिकारीले भन्नुभयो, “मध्यपहाडी लोकमार्गसँग जोडिएको गाउँपालिकाका एउटै वडामा पुग्न एक दिनसम्म लाग्ने गरेको छ, उक्त सडकलाई स्तरीय बनाउने योजना गाउँपालिकाको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)