नेकपाको सदस्यता नवीकरण अभियान औपचारिक रूपमा सुरु हुँदै
baahrakhari.com · Fri Jun 19 05:57:56 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सदस्यता नवीकरण तथा वितरण अभियानको शुक्रबार औपचारिक रूपमा शुभारम्भ गर्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो साढे १ बजे नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले संयुक्त रूपमा अभियानको शुभारम्भ गर्ने कार्यालय सचिव गणेशमान पुनले जानकारी दिए ।
नेकपाले असार १ गतेदेखि नै सदस्यता नवीकरण अभियान सुरु गरिसकेको छ । परीक्षणकालमा नवीकरण गरिरहेको अवस्थामा शुक्रबार औपचारिक रूपमा सुरु हुने नेकपाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ