विपद्को वितण्डाः सात दिनमा ४८ को मृत्यु, २७ बेपत्ता
rajdhanidaily.com · Wed Oct 12 00:58:41 GMT 2022
काठमाडौं । मनसुनजन्य विपद्का कारण बितेका सात दिनमा ४८ जनाको ज्यान गएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांक अनुसार १९ असोजबाट यता मंगलबारसम्म भएका १ सय ३९ वटा प्राकृतिक विपद्का घटनबाट ४८ जनाको ज्यान गएको हो ।
यो अवधिमा जुम्ला र मुगुमा आठ÷आठ जनाको ज्यान गएको छ भने प्युठानमा ६ जनाको ज्यान गएको छ । यसैगरी हुम्ला र कालिकोटमा चार÷चार जना तथा काठमाडौंमा तीन जनाको ज्यान गएको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांक छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)