दुर्घटनामा मृत्यु भएपछि भड्किएको स्थिति नियन्त्रणमा , आठ सुरक्षाकर्मी घाइते
barnanmedia.com · Wed Oct 23 22:43:11 UTC 2024

: हजुरबुवा र नातिनीको दुर्घटनामा मृत्यु भएपछि भड्किएको स्थिति नियन्त्रणमा लिन प्रहरीले झापाको केर्खामा दर्जनौँ सेल अश्रुग्यास प्रहार गरेको छ ।
नेपाल प्रहरीले १५ सेल र सशस्त्र प्रहरी बलले १४ सेल अश्रुग्यास फायर गरेको हो । आक्रोशित स्थानीयले ढुंगामुढा गर्दा नेपाल प्रहरीतर्फ ५ जना र सशस्त्र प्रहरीतर्फ ३ जना घाइते भएका छन् । आक्रोशित स्थानीयले केर्खामा रहेको प्रहरी बिट र ट्राफिक प्रहरी बिटमा ढुङ्गामुढा, तोडफोड र आगजनी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)