मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

विद्युत उपभोग गरेका ४९ उद्योगलाई बक्यौता तिर्न दिएको समय आज सकिँदै

barnanmedia.com · Wed Oct 23 22:46:21 UTC 2024

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगलाई बक्यौता तिर्न दिएको समय आज सकिँदै छ।

अहिलेसम्म कुनै पनि उद्योग बक्यौता तिर्न आएका छैनन्। बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने प्राधिकरणको तयारी छ। तर ऊर्जामन्त्री एवं प्राधिकरणका अध्यक्ष दीपक खड्काको निर्देशनमा बिहीबार नै प्राधिकरण सञ्चालक समितिको बैठक बोलाइएको छ। बैठक कार्यालय समयअघि नै बिहान ९ बजे बोलाइएको छ। तर, बैठकका एजेन्डाबारे सञ्चालक समितिका सदस्यहरूलाई जानकारी गराइएको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)