मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सदनमा नेकपाको आरोप : सरकारको सुशासन खोक्रो भयो

ratopati.com · Fri Jun 19 06:05:50 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारको सुशासनको नारा ‘खोक्रो’ भएको आरोप लगाएको छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपाका सांसद गणेशबहादुर विश्वकर्माले सार्वजनिक चर्चामा रहेका कूटनीतिज्ञ माथिको दुर्व्यवहार, संवैधानिक आयोगका प्रमुखलाई दबाब दिने कार्य र खुट्टा भाँचिदिन्छु जस्ता धम्कीपूर्ण अभिव्यक्तिको चर्चा गर्दै सरकारले कस्तो सुशासन दिन खोजेको हो भनी प्रश्न गरे ।

त्यस्तै, विश्वकर्माले प्रधानमन्त्रीको पछिल्लो सीमा सम्बन्धी अभिव्यक्तिको कडा विरोध गर्दै संसदमा माफी माग्न माग गरे । सांसद विश्वकर्माले प्रधानमन्त्रीले जेठ १७ गते संसद्को रोस्टमबाट दिएको अभिव्यक्ति राष्ट्रिय भावना र ऐतिहासिक तथ्य विपरीत रहेको दाबी गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)