प्रतिनिधिसभामा विपक्षी दलको अवरोध कायमै
annapurnapost.com · Fri Jun 19 05:59:03 GMT 2026

काठमाडौं : प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको अवरोध शुक्रबार पनि कायमै रहेको छ। बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन्।
विरोधपछि सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलका सांसदहरूलाई आफ्नो धारणा राख्न समय दिएका छन्। त्यसपछि विपक्षी सांसदहरूले क्रमशः आफ्नो भनाइ राखिरहेका छन्।
प्रधानमन्त्री बालेन शाहले सीमासम्बन्धी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलहरूले निरन्तर प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका छन्। उक्त विषयमा प्रधानमन्त्रीबाट संसद्मा स्पष्ट जवाफ र धारणा सार्वजनिक हुनुपर्ने माग गर्दै विपक्षी दलहरूले बैठकमा अवरोध कायम राखेका हुन्।
विपक्षीको विरोधका बीच सभामुखले दलहरूबीच सहमति जुटाएर संसद्को कामकारबाहीलाई नियमित ढंगले अघि बढाउन आग्रह गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
काठमाडौँ
बालेन शाह