रुस–आसियान साझेदारी थप मजबुत
gorkhapatraonline.com · Fri Jun 19 06:10:17 GMT 2026

मस्को, असार ५ गते । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन आसियानका नेताहरूले कजानमा सम्पन्न शिखर सम्मेलनमार्फत आपसी रणनीतिक साझेदारीलाई अझ गहिरो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । भू–राजनीतिक तनाव बढिरहेका बेला दुवै पक्षले राजनीतिक, आर्थिक तथा सुरक्षा सहकार्य विस्तार गर्दै बहुध्रुवीय विश्व व्यवस्थाको पक्षमा साझा धारणा प्रस्तुत गरेका हुन् ।
रुसले आयोजना गरेको उक्त शिखर सम्मेलनमा ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यान्मा, फिलिपिन्स, सिङ्गापुर, थाइल्यान्ड, पूर्वी टिमोर र भियतनामका प्रतिनिधिहरू सहभागी भएका थिए । बैठकमा रुस र आसियानबीच विगतदेखि विकसित हुँदै आएको रणनीतिक सम्बन्धलाई अझ सुदृढ बनाउने तथा भविष्यमा सहकार्यका नयाँ क्षेत्रहरू पहिचान गर्ने विषयमा सहमति भएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)