‘जलाकी’ बाट डेब्यु गर्दै साहारा, यस्तो छ उनको चारित्रिक पोस्टर
kalakarmi.com · Fri Sep 11 05:24:17 GMT 2026

काठमाडौं- ‘जलाकी’ बाट नेपाली फिल्ममा डेब्यु गरेकी अभिनेत्री साहारा हाङमा लिम्बुको चारित्रिक पोस्टर सार्वजनिक भएको छ । कुसे औंसी अर्थात् बुवाको मुख हेर्ने दिनको अवसर पारेर उनको सोलो पोस्टर सार्वजनिक गरिएको हो । फिल्मकी उनी मुख्य अभिनेत्री मध्येकी एक हुन् । पोस्टरमा उनी मगरहरुको संस्कृतिक पहिरनमा प्रसन्न मुद्रामा सोच मग्न देखिएकी छन् ।
साहाराले यही फिल्मबाट नेपाली रजतपटमा डेब्यु गरेकी हुन् । ‘जलाकी’ मा ‘ओपन माइन्डेड’, आधुनिक सोच भएकी, राम्रो पारिवारिक पृष्ठभूमिबाट आएकी युवतीको भूमिकामा छिन् । निर्माण टिमका अनुसार सिनेमामा उनी पोखराकी सफल, स्वतन्त्र व्यवसायी एक महिलाको छोरीको पात्रमा देखिनेछिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)