सत्तारूढ दलनिकट व्यवसायीले रोके पेट्रोलियम ढुवानी
ekantipur.com · Sat Apr 02 01:14:36 GMT 2022
काठमाडौँ — सत्तारूढ दलनिकट व्यवसायीले नै संकटका बेला अत्यावश्यक इन्धन ढुवानी रोकेका छन् । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थमा भइरहेको मूल्यवृद्धिले नेपाल आयल निगम संकटतर्फ धकेलिइरहँदा व्यवसायीले कमिसनको बखेडा झिकेर आन्दोलन थालेका हुन् । नेपाल आयल निगम र सरकारलाई दबाब दिन राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समिति बनाएका उनीहरूले शुक्रबार पेट्रोल/डिजेल ढुवानी ठप्प पारे ।
संस्थागत समन्वय समितिमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल एलपी ग्यास उद्योग संघ आबद्ध छन् । तीनै संस्थाका अध्यक्षलगायत पदाधिकारी सत्तारूढ दल कांग्रेसनिकटकै हुन् । निगमले जायज माग सम्बोधन गर्ने आश्वासन दिए पनि सर्वसाधारणलाई दुःख दिन व्यवसायीहरूले इन्धन ढुवानी नै बन्द गरेका छन् । चैत ६ देखि आन्दोलनका विभिन्न कार्यक्रम गरिरहेका व्यवसायीले शुक्रबार डिपोबाट लोडअनलोड बन्द गरे । ‘शुक्रबार सबैतिर समस्या देखियो । सेना, प्रहरी, सशस्त्र प्रहरी र साझाबाहेक निजी पम्पहरूले लोड गरेनन्,’ निगमका सहप्रवक्ता पुष्कर कार्कीले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)