रणवीर सिंहविरुद्ध ‘नन-कोअपरेशन डाइरेक्टिभ’ जारी
kendrabindu.com · Tue May 26 10:54:30 GMT 2026

मुम्बई। बलिउड अभिनेता रणवीर सिंहविरुद्ध भारतीय फिल्मकर्मीहरूको संस्था ‘फेडरेसन अफ वेस्टर्न इन्डिया सिने इम्प्लोइज’ (एफडब्लुआइस) ले ‘नन–कोअपरेशन डाइरेक्टिभ’ जारी गरेको छ। यो निर्णय फिल्म डन ३बाट सिंह अचानक बाहिरिएको विवादपछि आएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
रिपोर्टअनुसार निर्देशक फरहान अख्तरले रणवीर सिंहले अन्तिम समयमा फिल्म छाड्दा ठूलो आर्थिक नोक्सानी भएको भन्दै फ्वाइसमा औपचारिक उजुरी दर्ता गरेका थिए। निर्माण पक्षले फिल्मको प्रि–प्रोडक्सनमा करिब ४५ करोड भारतीय रुपैयाँ खर्च भइसकेको दाबी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)