बजेटअघि बढ्न थालेको बंगलादेशको सेयर बजार ३ वर्षयताकै उच्च स्तरमा, सूचीकृत कम्पनीलाई कर छुटले प्रोत्साहन
aarthiknews.com

काठमाडौं । बंगलादेश सरकारले आर्थिक वर्ष २०२६–२७ को बजेट सार्वजनिक गर्नुभन्दा १२ दिनअघिदेखि सुरु भएको सेयर बजारको उकालो यात्रा बजेट घोषणापछि पनि निरन्तर जारी रहेको छ । मे १९ देखि बढ्न थालेको ढाका स्टक एक्सचेन्ज (डीएसई) को प्रमुख सूचकांक जुन १८ सम्म आइपुग्दा ५ हजार २ सय अंकको आसपासबाट बढेर ५ हजार ६ सय ६१ अंकमा पुगेको छ। क्लोजिङको आधारमा यो करिब तीन वर्षयताकै उच्च स्तर हो।
सन् २०२४ को सेप्टेम्बरमा डीएसईको बेन्चमार्क सूचकांक करिब ५ हजार ७ सय अंकको हाराहारीमा पुगेको थियो। त्यसपछि लगातार दबाबमा परेको बजार अहिले पुनः सोही स्तर नजिक पुगेको छ । यता, डीएसईएस इन्डेक्स १ हजार १५० अंक र डीएस–३० इन्डेक्स २ हजार १४३ अंकमा पुगेका छन् । त्यस्तै, चिटगाउ स्टक एक्सचेन्ज (सीएसई) मा समेत सुधार देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)