मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु
baahrakhari.com · Thu Mar 13 17:34:51 GMT 2025

हेटौँडा । करेन्ट लागेर मकवानपुरको मनहरी गाउँपालिका–६, नयाँबस्तीमा बिहीबार एक युवकको मृत्यु भएको छ ।
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा स्थानीय ३१ वर्षीय इन्द्रलाल मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)