प्रमुख स्वकीय सचिव जोगाउन प्रधानमन्त्री कार्कीले सचिवालयका १४ जना हटाइन्, विवादित आदर्श भने कायमै
ukeraa.com

काठमाडौं : नेपोबेबी अभियानको बलमा बनेको सरकारको प्रधानमन्त्रीको सचिवालयमा क्षमता भन्दा नाताको आधारमा नियुक्ति भएको सार्वजनिक भएसँगै आलोचनाको केन्द्रमा परेपछि सुशीला कार्कीले सचिवालयका सदस्यहरू हटाएकी छिन्। २० सदस्यीय सचिवालयको संख्या ६ मा झारिन्। तर विवादको केन्द्रमा रहेका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई भने कायमै राखेकी छिन्।
सर्वोच्च अदालतमा करारको रूपमा प्रवेश गरेका कम्प्युटर इन्जिनियर आदर्शकुमार श्रेष्ठलाई सुशीलाले आफ्नो प्रमुख स्वकीय सचिव बनाएकी छिन्। अदालती गतिविधिमा विवादित छवि रहेका आदर्श अदालतमा नासुतहमा थिए। नासु तहका व्यक्तिलाई प्रधानमन्त्री कार्कीले निकै महत्त्वपूर्ण पदमा नियुक्त गराएदेखि नै विवाद र शङ्का बढाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)