मुक्तिनाथ विकास बैंकको ‘सेल्फ–रिन्यु’ सुविधा सहित मोबाइल बैंकिङ एपमा नयाँ अपग्रेड
aarthiknews.com

काठमाडौं। मुक्तिनाथ विकास बैंकले आफ्नो मोबाइल बैंकिङ सेवा ‘मुक्तिनाथ फाइदा एप’ मा नयाँ ‘सेल्फ–रिन्यु’ सुविधा थप गर्दै डिजिटल बैंकिङलाई अझ सहज, छिटो र ग्राहकमैत्री बनाएको छ।
बैंकका अनुसार नयाँ अपडेटमार्फत ग्राहकहरूले अब मोबाइल बैंकिङ सेवा नविकरण (Renewal) घरमै बसेर गर्न सक्नेछन्। यसका लागि एपमा लगइन गरेपछि “Expiry Pop-up” देखिने र त्यहाँ रहेको “Renew Now” विकल्प क्लिक गरी प्रक्रिया अगाडि बढाउन सकिने व्यवस्था गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)
काठमाडौँ