मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संसदबाट सरकारलाई राप्रपाको प्रश्नै–प्रश्न

annapurnapost.com · Fri Jun 19 06:25:55 GMT 2026

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको बैठकबाट सरकारलाई प्रश्नै–प्रश्न उठाएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै राप्रपा सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाहले सुशासन र भ्रष्टाचारका विरुद्ध कडा कदम चाल्नेमा आफूहरु अझै आशावादी रहेको बताएका छन् ।

सरकारको सुशासनको पक्षमा खुलेर साथ दिएको र दिने बताउँदै सांसद शाहीले विरोधका लागि विरोध नगर्ने तर बेथितिका विरुद्ध आवाज उठाइरहने बताए । उनले संसद भनेको जवाफदेहिता खोज्ने, जनताका मुद्दाहरु उठाउने, ऐन नियमहरु बनाउने भएकाले सत्ता र प्रतिपक्षबीच चर्काचर्की र वहस हुनु संसदीय अभ्यास भएको बताए ।

उनले सरकार गठन भएको भर्खरै भएकाले यो काम गरेन, यो काम गर्न सकेन भन्ने कुरामा आफूहरु नरहेको बताउँदै सरकारले बजेट सार्वजनिक गर्दै गर्दा र आफ्ना धारणा सार्वजनिक गर्दै गर्दा विभिन्न किसिमका ऐन र विधेयक ल्याउँदै गर्दा आफूहरुको फरक धारणा रहेको बताए । उनले सरकारले विद्युतीय सवारी साधन आयात र कर छली प्रकरणमा सूचना चुहावट र महालेखा परीक्षकको प्रतिवेदनलाई लत्याउँदै चोख्याउने काम ग¥यो । उनले नेपालको प्रधानमन्त्रीले संसदको रोष्टममा उभिएर नेपालले भारतको सीमाना मिचेको छ भनेर अभिव्यक्ति दिएको र प्रधानमन्त्रीको अभिव्यक्तिलाई हामीले यो सहि हो भन्दै थपडी बजाएको बताए ।

उनले गरिब दुःखीले पाउँदै आएको स्वास्थ्य विमा सरकारले कटौती गरेको समेत बताए । उनले प्रश्न गरे, ‘हामीले गरिबलाई स्वास्थ्य विमा उपलब्ध गराउ भन्यौ, के गल्ती ग¥यौं ?’ सरकारले दुई करोड लगानी गर्ने किसानलाई मात्र अनुदान दिने भन्यो, आफूहरुले साना किसानलाई अनुदान देउ भन्यौ । के हामीले गलत भन्यौं ?’ सरकारले हुमुमबासीलाई विस्थापित गर्दा आफूहरुले खुलेर सरकारको प्रशंसा गरेको बताउँदै सांसद शाहीले आम नागरिकलाई दुःख दिने काम नगर, नीति र विधि पु¥याएर मात्र त्यहाँबाट ओसार भन्यौं । के हामीले गल्ती भन्यौं ? भन्दै प्रश्न गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)

सम्बन्धित विषय