उपकुलपति नियुक्ति कार्यविधिले विश्वविद्यालयको स्वायत्तता कमजोर बनायो : एमाले सांसद
annapurnapost.com · Fri Jun 19 06:20:29 GMT 2026

काठमाडौं : नेकपा एमालेका सांसद गुरूप्रसाद बरालले सरकारले सुशासनको पक्षमा एकपछि अर्को गम्भीर उल्लंघन गर्दै गएको आरोप लगाएका छन्।शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद बरालले सरकारले हालै जारी गरेको विश्वविद्यालयका उपकूलपतिहरूको सिफारिस तथा छनोट सम्बन्धी एकीकृत कार्यविधि-२०८३ ले विश्वविद्यालयहरूको स्वायत्तता कमजोर बनाएको बताएका हुन्।
उनले देशले सुशासनको अपेक्षा गरिरहेको र नागरिक पनि त्यही प्रतिक्षामा रहेको उल्लेख गर्दै सरकारले भने सुशासनको मान्यताविपरीत काम गरिरहेको टिप्पणी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
काठमाडौँ