सुदूरपश्चिमको बजेटमा सत्ता पक्ष नै असन्तुष्ट, संशोधन हाल्ने एमालेको तयारी
nepalpress.com · Fri Jun 19 06:29:52 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटप्रति सत्ता साझेदार दलभित्रै असन्तुष्टि देखिएको छ । नेकपा (एमाले) ले बजेटमाथि संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ ।
तीन मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा रहेको एमालेको संसदीय दलको कार्यालयमा बिहीबार बसेको बैठकले बजेटका विभिन्न पक्षमा छलफल गर्दै संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको एमाले स्रोतले जनाएको छ। सरकारद्वारा बजेट प्रस्तुत भएलगत्तै संशोधन दर्ता गर्ने निर्णय गरिएको स्रोतको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)