अमेरिकाले फेरि हमला गरेपछि इरानका सर्वोच्च नेता खामेनीले दिए यस्तो चेतावनी
annapurnapost.com · Tue May 26 10:58:00 GMT 2026

इरान : अमेरिकाले फेरि हमला गरेपछि इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले सार्वजनिक टिप्पणी गरेका छन् । इरानका सर्वोच्च खामेनीले लिखित सन्देश जारी गरेको बीबीसी फारसीले जनाएको छ । उक्त सन्देश सरकारी टेलिभिजनमार्फत पनि प्रसारण गरिएको छ। खामेनीको यो सन्देश अमेरिकाले गरेको पछिल्लो हमलापछि आएको हो ।
अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ हमला गरेको जनाएको छ, जसमा इरानी मिसाइल अड्डा तथा समुद्रमा बारूदी सुरुङ बिछ्याउने प्रयास गरिरहेका जहाजहरूलाई निशाना बनाइएको बताइएको छ । अमेरिकी सेन्ट्रल कमाण्डले जारी गरेको वक्तव्यमा यी हमला आत्मरक्षाका लागि गरिएको र इरानी बलबाट सैनिकहरूलाई हुन सक्ने खतरा रोक्नु यसको उद्देश्य रहेको उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)