लुम्बिनीको नीति तथा कार्यक्रममाथि प्रदेशसभामा छलफल सुरु
baahrakhari.com · Tue May 26 11:10:04 GMT 2026

बुटवल । लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत मंगलबार बसेको सातौँ बैठकमा आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रममाथि औपचारिक छलफल सुरु भएको छ । प्रदेश प्रमुखबाट प्रस्तुत नीति तथा कार्यक्रममाथिको धन्यवाद प्रस्ताव सर्वसम्मतिले पारित भएपछि सभाले छलफल प्रक्रिया अघि बढाएको हो ।
बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभा नियमावली, २०७९ को नियम ३९ को उपनियम (१) बमोजिम वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । त्यसपछि दलीय प्रतिनिधित्वका आधारमा प्रदेशसभा सदस्यहरूले नीति तथा कार्यक्रममाथि धारणा राख्न सुरु गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)