बिदेसिएका धर्मसन्तानबारे राज्य नै बेखबर
ekantipur.com · Tue Oct 26 00:29:20 GMT 2021
काठमाडौँ — सन् २०१० यता अमेरिका र युरोपका देशहरूमा मात्रै १ सय ५७ नेपाली बालबालिकालाई धर्मसन्तान बनाएर लगेको पाइएको छ । हेग कन्फ्रेन्स अन प्राइभेट इन्टरनेसनल ल (एचसीसीएच) मा अमेरिका र युरोपेली देशहरूले बुझाएको सूचीअनुसार उक्त अवधिमा फ्रान्सले २१ बालिकालाई धर्मपुत्री बनाएर लगेको छ । तर, नेपाल सरकारको अभिलेखमा भने फ्रान्समा एक बालिका मात्रै पुगेको तथ्यांक छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रवक्ता उमेश ढुंगानाले कुन देशमा कति नेपाली धर्मसन्तान बनेर पुगेका छन् भन्नेबारे अद्यावधिक तथ्यांक नभएको बताए । ढुंगानाको भनाइ र एचसीसीएचको तथ्यांक हेर्दा सरकारी प्रक्रिया पुर्याएर पठाइएका भन्दा धेरै बालबालिका विदेश पुगेको अनुमान गर्न गाह्रो पर्दैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)