मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शैक्षिक योग्यता नै इमानदारी र सुशासनको आधार होइन : ज्ञानेन्द्र शाही

nagariknews.nagariknetwork.com · Fri Jun 19 06:34:14 GMT 2026

प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले विवाद र अनियमितताका विषयमा निष्पक्ष संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले आफूहरू राष्ट्र, जनता र राज्यको राजस्व जोगाउने पक्षमा रहेको भन्दै सत्यको पक्षमा उभिन कहिल्यै नडराउने बताए। उनले आफू कुनै व्यक्ति विशेषको पक्षमा नभइ सत्य र न्यायको पक्षमा रहेको बताए।

‘हामी गरिब हुन सक्छौं, तर बेइमान हुन सक्दैनौं। भोकै बस्न सक्छौं, तर इमान बेच्न सक्दैनौं,’ उनले भने, ‘राज्यको राजस्व र जनताको सम्पत्तिको रक्षा गर्न हामी प्रतिबद्ध छौं। त्यसका लागि निष्पक्ष संसदीय छानबिन समिति गठन हुनुपर्छ।’

उनले केवल शैक्षिक योग्यता नै इमानदारी र सुशासनको ग्यारेन्टी नहुने बताउँदै विगतमा उच्च शिक्षा हासिल गरेका व्यक्तिहरू अर्थमन्त्री रहेका बेला पनि विभिन्न भ्रष्टाचार र अनियमितताका घटनाहरू सार्वजनिक भएको जिकिर गरे।

‘कसैलाई लाग्न सक्छ, पढेलेखेका मानिसले अपराध गर्दैनन्। तर इतिहासले त्यस्तो देखाएको छैन,’ उनले भने, ‘केवल शैक्षिक योग्यता नै इमानदारी र सुशासनको आधार होइन।’

देशको वर्तमान अवस्था गाउँका किसान वा सर्वहारा वर्गका कारण नभइ सत्ता, शक्ति र पहुँचमा पुगेका तर देश र जनताप्रति इमानदार नभएका व्यक्तिहरूका कारण सिर्जना भएको उनको आरोप छ।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)