एसएलसीईमा आंशिकतर्फ ४२.३८ प्रतिशत ग्रेडेड
onlinekhabar.com · Fri Jun 19 06:39:58 GMT 2026

५ असार, काठमाडौं । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) अर्थात् कक्षा १२ मा आंशिकतर्फ ४२.३८ प्रतिशत ग्रेडेड भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार आंशिकतर्फ ८५ हजार ९२९ जना विद्यार्थी सहभागी भएका थिए । जसमा ३६ हजार ४२० जना ग्रेडेड भएका छन् ।
यो आंशिकतर्फ मात्र ४२.३८ प्रतिशत ग्रेडेड भएका छन् । समग्रमा नियमति र आंशकि गरी ४ लाख १८ हजार १७० जना विद्यार्थीले परीक्षा दिएका थिए । २०८३ वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा नियमिततर्फ ६९.७५ विद्यार्थी ग्रेडेड भएका छन् ।
नियमितमा ३ लाख ३२ हजार २४१ जना परीक्षामा सहभागी भएका थिए । जसमा २ लाख ३१ हजार ७७० जना ग्रेडेड भएका छन् भने १ लाख ४७१ जना ननग्रेड भएका छन् । नियमित र आंशिक जोड्दा भने ग्रेडेड प्रतिशत ६४.१३ प्रतिशत हुन्छ । नियमिततर्फ ३० र आंशिकतर्फ १० गरी ४० जनाको परीक्षा रद्द गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
राष्ट्रिय परीक्षा बोर्ड
काठमाडौँ