काठमाडौँ क्यान्टिनमा खाद्य स्वच्छता कमजोरी फेला, सुधारका निर्देशन जारी
halokhabar.com · Fri Jun 19 06:42:00 GMT 2026

×
सरकारी अस्पताल र कलेज क्यान्टिनमा संयुक्त अनुगमन, म्याद गुज्रिएको चाउमिन नष्ट
काठमाडौँ, ५ असार । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र काठमाडौँ महानगरपालिकाको संयुक्त टोलीले राजधानीका सरकारी अस्पताल र कलेजका क्यान्टिनहरूमा अनुगमन निरीक्षण गरेको छ । अनुगमनका क्रममा खाद्य स्वच्छता, लेबलिङ, भण्डारण तथा सरसफाइसम्बन्धी कैफियत भेटिएको विभागले जनाएको छ ।
अनुगमन टोलीले प्रसूति गृह अस्पताल, थापाथलीस्थित मनकामना रिसब क्यान्टिन र काठमाडौं महानगरपालिका–११ स्थित सिभिल तथा सिवाँस फुड क्याटरिङ सर्भिस (St. Xavier College क्यान्टिन) मा निरीक्षण गरेको थियो ।
मनकामना रिसब क्यान्टिनमा कृत्रिम रंगको अनियमित प्रयोग, कमजोर भौतिक संरचना, कमजोर फोहोर व्यवस्थापन, खुला रूपमा पकाएका खाद्यवस्तु भण्डारण तथा म्याद सकिएको खाद्य सामग्री फेला परेको थियो । निरीक्षणका क्रममा ६ प्याकेट (१ केजी) म्याद गुज्रिएको चाउमिन फेला परेपछि नष्ट गरिएको छ । साथै सरसफाइ, pest control, भण्डारण प्रणाली सुधार गर्न निर्देशन दिइएको छ ।
त्यसैगरी सिभिल/सिवाँस फुड क्याटरिङ सर्भिसमा अनुमतिपत्र नभएका तथा पूर्ण लेबल नभएका खाद्य वस्तु प्रयोग गरिएको पाइएको छ । भान्सा सरसफाइ र pest control अवस्था सामान्य देखिएको तथा भण्डारण प्रणाली सुधार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
दुवै स्थानमा खाद्य स्वच्छता कायम गर्न, प्रमाणित आपूर्तिकर्ताबाट मात्र सामग्री प्रयोग गर्न, exhaust तथा फोहोर व्यवस्थापन सुधार गर्न र भण्डारण प्रणालीलाई सुरक्षित बनाउन निर्देशन दिइएको विभागले जनाएको छ ।
अनुगमन टोलीका अनुसार कुल २ वटा व्यवसायमा निरीक्षण गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)