मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

साम्पाङको प्रश्न : प्रधानमन्त्रीको अभिव्यक्ति कहिले सच्याइन्छ ?

newsofnepal.com · Fri Jun 19 06:49:58 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहको सीमा विवादसम्बन्धी अभिव्यक्ति सच्याउन माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभा बैठकमा शुक्रबार बोल्दै उनले उक्त विषयमा जवाफ माग गरेको एक महिनाभन्दा बढी समय बितिसक्दा पनि कुनै प्रतिक्रिया नआएको बताए। प्रधानमन्त्रीको विवादास्पद भनाइ अभिलेखबाट हटाउन आग्रह गरिएको स्मरण गराउँदै उनले सरकार र संसद्ले जनप्रतिनिधिका आवाज सुन्नुपर्ने धारणा राखे।

साम्पाङले नैतिकता, जिम्मेवारीबोध र जवाफदेहिताबिनाको नेतृत्वले लोकतन्त्रलाई कमजोर बनाउने टिप्पणी पनि गरे।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)

सम्बन्धित विषय