मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बाघ संरक्षणमा बर्दिया निकुञ्जलाई अन्तर्राष्ट्रिय पुरस्कार

ekantipur.com · Sat Jan 29 01:43:39 GMT 2022

काठमाडौँ — बाघले मान्छे र पशुमाथि लगातारको आक्रमणका कारण नकारात्मक खबर आइरहेका बेला बर्दिया राष्ट्रिय निकुञ्जले बाघ पाइने ११ देशलाई उछिन्दै महत्त्वपूर्ण पुरस्कार जितेको छ । संसारका १३ देशमा बाघ पाइन्छन् । तर करिब १२ वर्षमा बाघको संख्या दोब्बर गर्न सफल भएका बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको सत्यमंगलम टाइगर रिजर्भले डब्लूडब्लूएफको टीएक्स–टु पुरस्कार जितेका हुन् ।

तमिलनाडुमा पर्ने सत्यमंगलममा सन् २०११ सम्म २५ वटा बाघ रहेकामा अहिले ८० पुगेको छ । यता सन् २०१० पछि अहिलेसम्म बर्दिया निकुञ्जमा बाघको संख्या दोब्बर भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)