गाजामा सहायता आपूर्तिका प्रतिबन्धहरू हटाउन राष्ट्रसङ्घको आह्वान
ratopati.com · Fri Jun 19 06:53:48 GMT 2026

गाजा । संयुक्त राष्ट्रसङ्घीय मानवतावादी मामिलाका उपमहासचिव टम फ्लेचरले गाजा पट्टीले युद्धविरामको छ महिना विति सक्दा पनि प्यालेस्टिनीहरू असुरक्षा र सफा पानी, स्वास्थ्य सेवा र शिक्षाको पहुँचको अभावमा गम्भीर सङ्कटको सामना गरिरहेको जनाएका छन् ।
फ्लेचरले संयुक्त राष्ट्र सुरक्षा परिषद्को सत्रमा बोल्दै संयुक्त राज्य अमेरिका र इरान बिचको सम्झौता र लेबनानमा तत्काल युद्धविरामको आशाबीच गाजाका समस्यामा ध्यान दिनुपर्ने बताएका छन् । तीन वर्षको युद्धमा करिब ६० जना सहायताकर्मीको हत्या भएको सम्झना गर्दै उनले सहायता पुर्याउन गाजा पट्टी विश्वको सबैभन्दा खतरनाक ठाउँ भएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)