फ्रिजको पछाडिको जाली कहिले सफा गर्ने ? नियमित सफाइले बचाउँछ बिजुली र बढाउँछ कूलिङ
ictsamachar.com

काठमाडौं । आज हरेक घरमा फ्रिज ती उपकरणहरूमध्ये एक बनेको छ जसको प्रयोग दैनिक रूपमा हुन्छ । तर, धेरैजसो मानिसहरू यसको सफाइ केवल भित्रबाट मात्र गर्छन् र पछाडितिर लागेको जालीतर्फ ध्यान नै दिँदैनन् । डबल डोरमा त होइन, तर सिंगल डोर फ्रिजमा पछाडिको भागमा कन्डेन्सर क्वइल अर्थात् जाली हुन्छ, जसलाई फ्रिजको कूलिङ सिस्टमको महत्त्वपूर्ण हिस्सा मानिन्छ ।
यसको समयमै सफाइ नगरिए फ्रिजको कार्य क्षमता कमजोर हुन सक्छ र त्यसका कारण बिजुलीको खपत पनि बढ्न सक्छ । आउनुहोस्, जानौँ, कति समयपछि यसको सफाइ गर्नुपर्छ ?
फ्रिजको पछाडिको जाली कति पटक सफा गर्ने ?
विशेषज्ञहरूका अनुसार सिंगल डोर फ्रिजको पछाडिको यो जाली हरेक ३ देखि ६ महिनामा एक पटक अनिवार्य रूपमा सफा गर्नुपर्छ । त्यस्तै, यदि तपाईंको घरमा पाल्तु जनावर छन् वा वरिपरि धूलो धेरै हुन्छ भने यसलाई हरेक २ देखि ३ महिनामा सफा गर्नु राम्रो हुन्छ । जालीको नियमित सफाइले कूलिङ राम्रोसँग कायम राख्न मद्दत गर्छ र बिजुलीको खपत पनि घट्न सक्छ ।
सफाइ गर्दा यी कुरामा ध्यान दिनुहोस्
यो जाली सफा गर्दा केही कुरामा ध्यान दिनु आवश्यक हुन्छ । सफाइ गर्नुअघि फ्रिजको प्लग निकालिदिनुहोस् । साथै, सफाइको बेला फ्रिजलाई भित्ताबाट अलि अगाडि सार्नुपर्छ । त्यसपछि सफ्ट ब्रस, सुक्खा कपडा वा भ्याकुम क्लिनर को मद्दतले जालीमा जमेको धूलो राम्रोसँग सफा गर्नुपर्छ । सफाइको क्रममा पानी प्रयोग गर्नबाट बच्नुहोस् ।
जाली सफा नगर्दा के हानि हुन्छ ?
यदि फ्रिजको यो जाली लामो समयसम्म सफा नगर्ने हो भने फ्रिजलाई चिसो बनाउन कम्प्रेसरले धेरै मेहनत गर्नुपर्ने हुन्छ । यसको कारण बिजुलीको बिल बढ्न सक्छ । साथै कूलिङ पनि कमजोर हुन सक्छ । लामो समयसम्म यस्तो हुँदै गएमा फ्रिजका पार्ट्समा पनि असर पर्न सक्छ । त्यसैले सिंगल डोर फ्रिज प्रयोग गर्नेहरूले यसतर्फ विशेष ध्यान दिनु आवश्यक छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)