एडीबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत
ratopati.com · Fri Jun 19 06:58:51 GMT 2026

काठमाडौँ । एसियाली विकास बैंक (एडीबी) ले नेपालका नगरपालिकामा खानेपानी र सरसफाइ सुधारका लागि ११ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ ।
एडीबीले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाबाट १३ जिल्लाका आठ लाख ५० हजारभन्दा धेरै नागरिक लाभान्वित हुने जनाएको छ । एडीबीका अनुसार उक्त परियोजनाले खानेपानीको पहुँच विस्तार र ढल तथा फोहर पानी व्यवस्थापनमा भूमिका खेल्ने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)