काठमाडौंबाट साढे १४ हजार अमेरिकी डलर लिएर रसुवा जाँदै गरेका एकजना पक्राउ
annapurnapost.com · Tue May 26 11:29:23 GMT 2026

काठमाडौं : काठमाडौंबाट साढे १४ हजार अमेरिकी डलर लिएर रसुवा जाँदै गरेका एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ओखलढुंगाको ठुलाछाप गाउँपालिका-२ का ३७ वर्षीय मिन बहादुर मगर रहेका छन्।
पासाङ ल्हामु सडक खण्डको रसुवास्थित बेत्रावतीमा नियमित रूपमा चेकजाँच गर्ने क्रममा काठमाडौंबाट टिमुरे तर्फ जाँदै गरेको बा.प्र.०१००६ ख ७६०७ नम्बरको यात्रुबाहक बसमा रहेका उनी परेका हुन्। उनको साथबाट अमेरिकी डलर १०० को १४५ थान फेला परेको सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजु शाहले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)