मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाले भन्यो- प्रधानमन्त्री एक हप्ताभित्रै सदनमा आउनुहुन्छ

baahrakhari.com · Tue May 26 11:37:39 GMT 2026

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री वालेन्द्र शाह एक साताभित्र सदनमा आउने जानकारी गराएको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले प्रधानमन्त्री एक साताभित्र आउने जानकारी गराएका हुन् ।

“सम्माननीय प्रधानमन्त्रीज्यू सदनमा आउनुहुन्छ । सम्भवतः एक हप्ताभित्रै आउने कुरा सदनलाई जानकारी गराउन चाहन्छु,” उनले भने ।

विपक्षीले प्रधानमन्त्रीको जवाफ माग गर्दै सदनमा विरोध गर्दै आएको छ ।

एमालेका उपनेता पद्मा अर्यालले बुर्लाकोटीको प्रतिबद्धतालाई सभामुखले रुलिङ गर्न माग गरिन् ।

#प्रतिनिधिसभा बैठक

#कविन्द्र बुर्लाकोटी

#वालेन्द्र शाह

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय