जुम्लाका किसानलाई अनुदानमा हाते ट्याक्टर
rajdhanidaily.com · Fri Jun 19 07:11:08 GMT 2026

जुम्ला । जुम्लास्थित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइले यहाँका २६ जना किसानलाई अनुदानमा हाते ट्याक्टर (मिनी टिलर) वितरण गरेको छ ।
कृषि समूह, किसान र कृषि उद्यमीलाई २६ वटा हाते ट्याक्टर किसानलाई वितरण गरिएको हो । कृषिमा आधुनिकीकरण ल्याउने उद्देश्यका साथ उद्यमीलाई कृषि यान्त्रीकरण मिनी टिलर वितरण गरिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन कार्यालय जुम्लाका कृषि अधिकृत कमल देवकोटाले जानकारी दिए ।
किसानलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले चालु आर्थिक वर्ष २०८२÷८३ मा २६ जना कृषि उद्यमी किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको कृषि अधिकृत देवकोटाको भनाइ छ ।
व्यावसायिक कृषि गरिरहेका तथा आगामी दिनमा व्यावसायिक खेतीतर्फ अघि बढ्न इच्छुक किसानलाई प्राथमिकतामा राखेर छनोट गरी मिनी टिलर वितरण गरिएको हो । यसबाट खेतीपातीलाई आधुनिक बनाउँदै उत्पादन बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको कार्यालय प्रमुख खेमराज शाहीले बताए ।
कृषि यान्त्रीकरणका कार्यक्रम सञ्चालन गरेपछि किसानमा आधुनिक उपकरण प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यावयन एकाइ जुम्लाले जनाएको छ ।
सम्बन्धित समाचार
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
हुम्लाको बौल्यानामा खानेपानी समस्या
हुम्ला-बाजुरा सीमा विवादको दीर्घकालीन समाधान गर्न संसदीय समितिको निर्देशन
बारीगाउँमा हेलिप्याड निर्माण
पहिराले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो
प्राविधिक शिक्षालयका प्रशिक्षकहरुका लागि सीपमूलक प्रशिक्षण
जुम्लामा विद्यालयस्तरीय ‘एनसिसी’ तालिम सञ्चालन
धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)