लुम्बिनी प्रदेश सभामा थारु समुदायको प्रथाजनित बरघर विधेयक पेश
gorkhapatraonline.com · Tue May 26 11:46:48 GMT 2026

लुम्बिनी प्रदेश सभा बैठकमा ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’पनि पेश गरिएको छ । सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना ले उक्त विधेयक सभा समक्ष प्रस्तुत गर्नुभएको हो ।
प्रदेशमा थारू समुदायको उल्लेख्य बसोबास रहेको तथा आदिमकालदेखि प्रचलनमा रहेका सामूहिक प्रथाजनित कविला गण संरचना, संगठन, चालचलन, रीतिरिवाज, संस्कृति, सम्पदा, मटावाँ, बरघर तथा भलमन्सा जस्ता परम्परागत अभ्यासको संरक्षण, अभिलेखीकरण, प्रवर्द्धन र पुस्तान्तरणका लागि कानुनी व्यवस्था आवश्यक रहेको भन्दै विधेयक ल्याइएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)