गाजाका सबै सीमा खोली सहायता आपूर्तिका प्रतिबन्ध हटाउन राष्ट्रसङ्घको आह्वान
gorkhapatraonline.com · Fri Jun 19 07:16:59 GMT 2026

संयुक्त राष्ट्रसङ्घीय मानवतावादी मामिलाका उप-महासचिव टम फ्लेचरले गाजा पट्टीले युद्धविरामको छ महिना विति सक्दा पनि प्यालेस्टिनी असुरक्षा र सफा पानी, स्वास्थ्य सेवा र शिक्षाको पहुँचको अभावमा गम्भीर सङ्कटको सामना गरिरहेको जनाउनुभएको छ ।
फ्लेचरले संयुक्त राष्ट्र सुरक्षा परिषद्को सत्रमा बोल्दै संयुक्त राज्य अमेरिका र इरानबिचको सम्झौता र लेबनानमा तत्काल युद्धविरामको आशाबीच गाजाका समस्यामा ध्यान दिनुपर्ने बताउनुभएको छ । तीन वर्षको युद्धमा करिब ६० जना सहायताकर्मीको हत्या भएको सम्झना गर्दै उहाँले सहायता पुर्याउन गाजा पट्टी विश्वको सबै भन्दा खतरनाक ठाउँ भएको बताउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)