मध्यपश्चिम विश्वविद्यालयको भीसी निवासमा ढुंगामुढा, बल प्रयोगबाट घाइते ४ विद्यार्थी अस्पताल भर्ना
nepalsamaya.com · Tue Aug 10 16:59:46 GMT 2021
काठमाडौं - मध्यपश्चिम विश्वविद्यालयका विभिन्न राजनीतिक दलसम्बद्ध विद्यार्थीले उपकुलपति (भीसी) निवासमा ढुंगा प्रहार गरी तोडफोड गरेका छन्। उनीहरुले उपकुलपति निवासमा पार्किङमा राखेको गाडीमा समेत क्षति पुर्याएको विश्विद्यालय प्रशासनले जानकारी दिएको छ।
उच्च शिक्षाका चुनौती र वर्तमान अवस्थामा विश्वविद्यालयमा देखिएका समस्याहरुको समाधानका उपाय विषयक अन्तरक्रियात्मक कार्यक्रममा पनि विद्यार्थीहरूले हुलदंगा गरेका थिए। विश्वविद्यालये कार्यक्रम भइरहेका समयमा अराजक समूहले ५:३० बजे तिर ढुंगा प्रहार गरेको उल्लेख गरेको छ। '६:१५ बजेतिर उपकुलपतिको निवासमा आई ढुंगा प्रहार गरी तोडफोड गरेको र उपकुलपति निवासमा पार्किङमा राखेको गाडीमाथि बन्चरोसमेत प्रहार गरेको विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)