चैनपुर खानेपानी समितिको अध्यक्षमा पुनः विष्ट, एक दशकपछि नयाँ नेतृत्व
nepalpress.com · Fri Sep 11 06:32:20 GMT 2026

बझाङ । चैनपुर सहरी तथा खानेपानी सरसफाइ उपभोक्ता समितिको नेतृत्व चयनका लागि भएको निर्वाचनमा लोकेन्द्रबहादुर विष्ट अध्यक्षमा पुनः निर्वाचित भएका छन्। करिब एक दशकपछि भएको निर्वाचनमा विष्टले ४१९ मत प्राप्त गर्दै विजयी भएका हुन्।
समितिको निर्वाचनमा कुल १ हजार ३३७ मतदाता रहेकामा ७०९ मत खसेको थियो। अध्यक्ष पदका लागि विष्टसँगै लोकेन्द्र खड्का र नरेन्द्र खड्काले प्रतिस्पर्धा गरेका थिए। खड्काले १२५ र नरेन्द्र खड्काले १२१ मत प्राप्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)