एक हप्ताभित्र प्रधानमन्त्री संसदमा आउनुहुन्छ- रास्वपा प्रमुख सचेतक
setopati.com · Tue May 26 11:55:54 GMT 2026
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह एक साताभित्रै प्रतिनिधि सभाको बैठकमा आउने बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीको सचिवालयसँग छलफल गरेको उल्लेख गर्दै प्रधानमन्त्री आउने बताएका हुन्।
'प्रधानमन्त्री सदनमा आउनुहुन्छ', प्रमुख सचेतक बुर्लाकोटीले भने, 'सम्भवत: एक हप्ताभित्र सदन आउने कुरा जानकरी गराउन चाहन्छु।'
विपक्षी दलहरूले प्रतिनिधि सभा नियमावली अनुसार प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको समय निर्धारण गर्न सभामुखलाई दबाब दिँदै आएका छन्।
विपक्षी दलहरूलाई प्रमुख सचेतक बुर्लाकोटीले बिहानको बैठकमा प्रधानमन्त्रीलाई ल्याउन पहल गर्ने बताएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
बालेन शाह
प्रतिनिधि सभा