रास्वपाको प्रतिबद्धतामा बालेनको सचिवालयको अब्जेक्सन !
barnanmedia.com · Tue May 26 11:47:35 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन शाहले सदनलाई सम्बोधन गर्ने भनेर आश्वस्त गराएपनि एकाएक नयाँ ट्वीस्ट आएको छ ।
रास्वपाका तर्फबाट प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले सम्बोधन गर्ने मिति आजै बस्ने प्रतिनिधि सभा बैठकबाट घोषणा गर्ने भनिएपनि प्रधानमन्त्रीको सचिवालयले मिति घोषणा नगर्न भनेपछि बैठक फेरि प्रभावित भएको छ ।
रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा प्रमुख सचेतकबिच सिंहदरबारमा भएको अनौपचारिक छलफलमा बालेनले सम्बोधन गर्नेगरी रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले प्रतिबद्धता जनाएका थिए । सोहीअनुसार मंगलबार दिउँसो अवरुद्ध भएको सदन अब भने खुला हुने सहमति भएको थियो ।
तर, प्रधानमन्त्रीको सचिवालयले मिति घोषणा गर्न नमानेपछि महामन्त्री बुर्लाकोटीले सदनमा टालटुले जवाफ दिए । उनले प्रधानमन्त्रीले सम्भवतः एक साताभित्र सदनलाई सम्बोधन गर्ने बताएपनि प्रतिपक्षी आश्वस्त हुन सकेनन् ।
प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसदहरुबिच प्रश्नोत्तर कार्यक्रम हुने नियमावलीको व्यवस्था प्रधानमन्त्री बालेन्द्र शाहले उल्लंघन गरेको भन्दै विपक्षीले संसद बैठक अवरुद्ध गर्दै आएका छन् ।
नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रमुख सचेतकहरुबीच भएको सहमति रास्वपाले तोडेको आरोप लगाए । 'भित्र भएको सहमति बाहिर आउँदा भत्कियो', उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
बालेन शाह
प्रतिनिधि सभा