मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अष्ट्रेलियाले युक्रेनलाई थप ७० लाख अमेरिकी डलर सहयोग गर्ने

gorkhapatraonline.com · Fri Jun 19 07:22:45 GMT 2026

अष्ट्रेलियाली सरकारले शुक्रबार युक्रेनलाई थप ७० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । अष्ट्रेलियाका उपप्रधानमन्त्री तथा रक्षामन्त्री रिचर्ड मार्लेसले आगामी १२ महिनामा नेटोको प्राथमिकता युक्रेन आवश्यकता सूची (पीयूआरएल)का लागि अस्ट्रेलियाले दुई करोड ५० लाख अमेरिकी डलर दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

अष्ट्रेलियाले सन् २०२५ डिसेम्बरमा गरेको प्रारम्भिक ५० लाखको सहयोगको निरन्तरता भएको जनाइएको छ भने योसँगै युक्रेनका लागि अष्ट्रेलियाको कुल सहयोग एक अर्ब ८० करोड अमेरिकी डलर पुगेको मार्लेसले बताउनुभएको छ । रासस/सिन्ह्वा

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)