श्रम मन्त्रालयबाटै प्रतिवेदन गायब घटना : अख्तियारले सबै कागजात उपलब्ध गराउन भन्दै काट्यो पत्र
onlinekhabar.com · Fri Jun 19 07:17:52 GMT 2026

५ असार, काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयबाट छानबिन प्रतिवेदन गायब भएको घटना बारे चासो राख्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेको छ ।
वैदेशिक रोजगारीमा विदेश जाने श्रमिकहरूको स्वास्थ्य परीक्षणमा सिन्डिकेट खडा गरेर रकम असुल गरिएको विषयको अध्ययन प्रतिवेदन र मिसिल श्रम मन्त्रालयबाट गायब भएको थियो । मन्त्रालयमा बुझाएको प्रतिवेदन गायब भएको विषय सार्वजनिक भएपछि यसबारे चासो राख्दै अख्तियारले पत्र काटेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)