माइक्रोसफ्टको नयाँ आउटलुकमा अपडेट, अब इन्टरनेट बिनै ईमेलमा फाइल अट्याच गर्न सकिने
techpana.com · Fri Jun 19 07:19:26 GMT 2026

काठमाडौं । माइक्रोसफ्टले विन्डोज ११ का प्रयोगकर्ताका लागि आफ्नो नयाँ आउटलुक एपमा एउटा महत्त्वपूर्ण अपडेट ल्याएको छ । यससँगै कम्पनीले इन्टरनेट नभएको अवस्थामा पनि ईमेलमा फाइल वा डकुमेन्टहरू अट्याचमेन्ट गर्न मिल्ने सुविधा उपलब्ध गराएको हो ।
यो नयाँ फिचरमा प्रयोगकर्ताले इन्टरनेट कनेक्सन नभएको बेला पनि ईमेल तयार पारेर त्यसमा फाइलहरू राख्न सक्नेछन् । जब कम्प्युटर वा डिभाइस फेरि इन्टरनेटसँग जोडिन्छ, ती ईमेलहरू आफैँ गन्तव्यमा पठाइनेछन् ।
विन्डोज लेटेस्टका अनुसार माइक्रोसफ्टले यो फिचरको परीक्षण अक्टोबर २०२५ देखि नै गरिरहेको थियो र अहिले यसलाई व्यापक रूपमा सबै प्रयोगकर्ताका लागि उपलब्ध गराउन थालिएको हो ।
लामो समयदेखि आफ्ना प्रयोगकर्ताहरूलाई पुरानो (क्लासिक) आउटलुक एपबाट नयाँ संस्करणमा सार्न प्रयास गरिरहेको छ । विन्डोज ११ को लागि ल्याइएको यो नयाँ आउटलुक एप वास्तवमा वेब एपको परिमार्जित रूप हो ।
यद्यपि यसमा पछिल्लो समय धेरै सुधारहरू गरिएका छन्, तर धेरै प्रयोगकर्ताहरू अझै पनि पुरानो 'क्लासिक' एप वा सिधै वेब ब्राउजरबाट चलाइने संस्करण नै रुचाउँछन् ।
पछिल्लो अध्यावधिक: असार ५, २०८३ १३:४
टिप्पणीहरू
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)