मध्यरातमा मन्त्री क्वाटरमा प्रहरीको खानतलासी, संसद्मा सरकारको ध्यानाकर्षण
hamrakura.com · Fri Jun 19 00:00:00 GMT 2026
काठमाडौँ । प्रतिनिधिसभाको आज (शुक्रबार) को बैठकमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको सरकारी निवास (क्वाटर) मा प्रहरीले मध्यरातमा खानतलासी गरेको विषयलाई लिएर संसद्मा प्रश्न उठाइएको छ।
बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद राजेन्द्रकुमार राईले मन्त्री पराजुली संखुवासभा गएको मौका छोपी बिहीबार राति १०:०० बजे प्रहरीले विनाकारण निवासमा खानतलासी गरेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए। “मन्त्री पराजुली घरमा नभएको अवस्थामा प्रहरीले राति क्वाटरमा खानतलासी गरेको छ,” सांसद राईले आपत्ति जनाउँदै भने, “प्रहरीले किन यस्तो गरेको हो? सरकारबाट म यो स्पष्ट रूपमा जान्न चाहन्छु।”
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)