मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

जाजरकोट महोत्सवको चौथो दिन २ करोड रुपैयाँको कारोबार

Ujyaaloonline.com · Fri Dec 30 00:57:24 GMT 2022

जाजरकोट – चौथो जाजरकोट महोत्सवको चौथो दिन (बिहीवार) दुई करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । सदरमुकाम खलङ्गामा पुस ११ गतेदेखि सुरु भएको महोत्सवमा बिहीवार होटल, व्यापार–व्यवसायबाट दुई करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको आयोजक समितिले जनाएको छ ।

'कर्णाली समृद्धिको आधार : पर्यटन विकास र पूर्वाधार' भन्ने नाराका साथ कृषि पर्यटन, कला संस्कृति वातावरण तथा औद्योगिक मेलाको रूपमा सञ्चालन भएको महोत्सवको बिहीवारमात्रै १० हजार जनाभन्दा बढीले अवलोकन गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)