फौजीकिराले मासेको मकैमा असिनाको मार
rajdhanidaily.com · Tue May 26 11:58:00 GMT 2026

बागलुङ । मकै बालीमा फौजीकिराको प्रकोपले पीडामा रहेका बागलुङका किसानलाई असिनापानीले थप पीडा दिएको छ । अमेरिकन फौजीकिराको प्रकोपका कारण मकैका बोट सखाप बन्दै गएपछि चिन्तामा रहेका किसानलाई यही जेठ ११ गतेको असिनापानीले थप पीडा दिएको हो ।
बागलुङको काठेखोला गाउँपालिका, बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, बरेङ गाउँपालिकालगायतका किसानले लगाएको मकैमा फौजीकिराको प्रकोप देखिएको जिल्ला विकास कार्यालय बागलुङका बाली संरक्षण अधिकृत सचिन गहतराजले बताए । उनले किसानले दैनिक फोन गरेर फौजीकिरा देखिएको गुनासो गरेका उल्लेख गर्दै त्यसको नियन्त्रणका लागि कृषि विकास कार्यालयले विषादी उपलब्ध गराउँदै आएको बताए । फौजीकिराको प्रकोपमा परेको मकैबाली असिनापानीले थप सखाप पारेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)