युरोपमा जाने चक्करमा एउटैले गुमाए करिब २ करोड रुपैयाँ
annapurnapost.com · Tue May 26 11:54:49 GMT 2026

काठमाडौं : युरोपको विभिन्न देशमा लैजाने भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका-१० घर भई हाल काठमाडौंको टोखा बस्ने ४१ वर्षीय भीम लामा रहेका छन्।
उनले युरोपको विभिन्न देशमा लैजाने भनेर १ करोड ९३ लाख रुपैयाँ लिएको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए। उनका अनुसार लामाले १ जनाबाट रकम लिएपछि उनी फरार रहेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
काठमाडौँ