डुङ्गामा अमेरिकी आक्रमण जारी तीन जनाको मृत्यु
gorkhapatraonline.com · Fri Jun 19 07:29:57 GMT 2026

संयुक्त राज्य अमेरिकाले पूर्वी प्रशान्त महासागरमा संदिग्ध लागु-औषध तस्करीको आरोपमा डुङ्गा आक्रमण जारी रहेको बताउँदै पछिल्लो आक्रमणमा डुङ्गामा सवार तीन जनाको मृत्यु भएको अधिकारीले बिहीबार बताएका छन् ।
अमेरिकी सेनाले सेप्टेम्बरको सुरुमा “साउदर्न स्पियर” अपरेसन सुरु गरेको बताउँदै राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याटिन अमेरिकाबाट सञ्चालित लागु-औषध कार्टेलसँग अमेरिका प्रत्यक्ष युद्धमा रहेको बताउनुभएको छ । क्यारेबियन सागर र पूर्वी प्रशान्त महासागरमा भएको अमेरिकी आक्रमणमा दुई सय भन्दा बढी मानिसको मृत्यु भएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)