सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही
kalakarmi.com · Fri Jun 19 07:32:12 GMT 2026

काठमाडौं- सीताराम गोकुल मिल्कले उद्योग स्थापनाको ३२औँ वर्ष प्रवेशको अवसरमा आफ्नो नयाँ उत्पादन आइसक्रिम र मही बजारमा ल्याएको छ । कम्पनीले आयातित दुग्धजन्य पेय पदार्थको विकल्प तयार गर्दै आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने लक्ष्यका साथ नयाँ उत्पादन बजारमा ल्याएको हो । कम्पनीका सञ्चालक सुमित केडियाले २०० एमएलको पलाष्टिक बोतलमा मही र १०० एमएल र ५०० एमएलको प्याकमा आईसक्रिम उत्पादन गरी बजारमा ल्याइएको जानकारी दिए । कम्पनीले भेनिला, स्ट्रबेरी, चक्लेट र बटर स्पेसल गरी चारवटा स्वादको आइसक्रिम बजारमा ल्याएको हो । ५०० एमएल भेनिला र स्ट्रबेरी आईसक्रिमको मूल्य २१० रुपैयाँ र सोही परिमाणको बटर र चक्लेट आइसक्रिमको मूल्य २४० रुपैयाँ पर्ने उनले बताए । त्यसैगरी १०० एमएलको आइसक्रिमको मूल्य ६५ रुपैयाँ निर्धारण गरिएको छ भने महीको मूल्य ३० रुपैयाँ तोकिएको छ ।
बटर, फ्लेभर्ड मिल्कलगायत दुग्धजन्य उत्पादन ठूलो परिमाणमा विदेशबाट आयात भइरहेका कारण स्वदेशमै गुणस्तरीय उत्पादन गरी आयात प्रतिस्थापन गर्ने उद्देश्यले उत्पादन विविधीकरण गरिएको बताए । उनका अनुसार कम्पनीले आगामी दिनमा निर्यात बजार विस्तारलाई समेत प्राथमिकतामा राखेको छ । केडियाका अनुसार हाल सीताराम गोकुल मिल्क्सले दूध, घिउ, बटर, दही, पनिर, चीज, आइसक्रिम, फ्लेभर्ड मिल्क र मोही लगायतका दुग्धजन्य उत्पादन बजारमा उपलब्ध गराइरहेको छ । सीताराम ब्रान्डप्रति उपभोक्ताको विश्वास बलियो भएकाले गुणस्तरीय, सुलभ र सबैको पहुँचमा पुग्ने उत्पादनमा कम्पनीले विशेष ध्यान दिएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)