सेवाग्राही खोज्दै सहरतिर झरे गाउँपालिका
nepalnews.com · Fri Sep 11 06:42:42 GMT 2026

गोरखा। आफ्ना नागरिकको सहर केन्द्रित बसोबासको लहर बढेपछि कतिपय गाउँपालिकाले आफ्नो सेवा प्रवाहको ढाँचा नै परिवर्तन गरेका छन्। पछिल्लो समय यहाँका केही गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राही खोज्दै कर्मचारीलाई पोखरा, चितवन र काठमाडौंमा खटाउन थालेको पाइएको छ।
सो क्रममा बारपाक सुलिकोट गाउँपालिका, सिरानचोक, अजिरकोट, धार्चे, चुमनुब्री र आरुघाट गाउँपालिकाले गोरखा बजार, पोखरा, काठमाडौं र चितवनका सहरमा पुगेर सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरण शिविर सञ्चालन गर्दै आएको छ। आ–आफ्ना पालिकामा स्थायी बसोबास रहेको ती नागरिकलाई घरदैलोमै सेवा पु¥याउने हेतुले ती पालिकाले सहरमा शिविर नै राखेर सेवा प्रवाह गर्दै आएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)